Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन प्रदर्शनी हुँदै

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन प्रदर्शनी हुँदै

काठमाडौं, १३ मंसिर । अन्तरिक्ष गतिबिधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्धेश्यले पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ । युथ फर नेशनले नेपालमा नै पहिलो पटक अन्तरिक्ष सम्बन्धि जानकारी दिनका लागि यहि मंसिर १४ र १५ गते दुई दिने प्रदर्शनी गर्न लागेको हो ।

प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धि उपकरणहरु, टूलहरु, सफ्टवेयरलगायतका विषयहरु प्रदर्शनमा राखिनेछ ।
काठमाडौंको धुम्बाराही स्थित शखंपार्कमा आयोजना हुने दुई दिने प्रदर्शनीले नेपाल युवाहरुलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने आयोजकले अपेक्षा राखेको छ । सो प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरुमा प्रदर्शन गर्नुका साथै सो सम्बन्धि ज्ञानबर्दक जानकारीहरु समेत प्रदान गरिने लक्ष्य राखिएको छ ।

स्पेस टेक इनोभेसन प्रदर्शनीमा नियर स्पेस, नास्ट, नेशनल एजुकेसन हब, एक्सप्लोर ग्रुप, रिकास्ट, काठमाडौं महानगरपालिका वडा नम्बर ४, साइन्स टिचर एसोसिएसन नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ओरेल पार्क क्यान महासंघले सहआयोजन गरेका छन् ।

प्रदर्शनीलाई दाह्री ग्याङ्ग, विपि प्लानेटरियम, अर्थ मन्त्रालयले सपोर्ट गरेका छन भने एजुकेसन पार्टनरमा मर्सी एजुकेसन, आदिम कलेज रहेका छन् ।
त्यसैगरी हेल्थ पार्टनरमा डक्टर्स होम केयर रहेको छ भने टेक्नोलोजी पार्टनरमा टप नेपाल इन्टरनेशनल प्रालि र कल्की आईओटी रहेको छ ।
यसको ट्राभल पार्टनरमा कार हायर नेपालले सहयोग गरेको छ भने मिडिया पार्टनरमा रिभोसाइन्स नेपाल, टेक्नोलोजीखबर डटकम, आईसिटी फ्रेम, पिएलएखबर रहेका छन् ।

अनुसन्धान पार्टनरमा जिसी रिसर्च एण्ड डेभलपमेन्ट छ भने सोसल मिडिया पार्टनरमा जोक्स नेपाल रहेको छ ।
त्यस्तै इनोभेटिभ पार्टनरमा इनोभेटिभ घर नेपाल रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x