Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२४.६० अंकले घट्यो शेयरबजार, ४ अर्बको कारोबार

२४.६० अंकले घट्यो शेयरबजार, ४ अर्बको कारोबार

काठमाडौं, १३ मंसिर । साताको दोस्रो कारोबार दिन शेयर बजार २४.६० अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२६.८९ अंकमा आइपुगेको छ । साथै सेन्सेटिभ इडेक्स समेत ६.१९ अंकले घटेको छ ।

सोमवार २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर किनबेच हुँदा अर्ब ४ अर्ब ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन सर्वाधिक नाफा कमाउनेमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ९.९ प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै घट्नेमा भने आइसीएफसी फाइनान्स कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

सोमवार कारोबार रकमका आधारमा कम्पनी महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ । कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक कित्ता शेयर किनबेच समेत यसै कम्पनीको भएको छ । सो कम्पनीको ९ लाख १३ हजार ११३ कित्ता शेयर कारोबार भएको हो ।
यस दिन म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x