Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

१७ खर्ब २८ अर्ब नाघ्यो सरकारी ऋण

१७ खर्ब २८ अर्ब नाघ्यो सरकारी ऋण

काठमाडौं, १५ मंसिर । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारी ऋण १७ खर्ब २८ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९२८ अर्ब १२ करोड र आन्तरिक ऋण ८०० अर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १७२८ अर्ब ४४ करोड रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तमा कुल तिर्न बाँकी सरकारी ऋण १,४२७ अर्ब १८ करोड रहेको थियो । सरकारी कुल ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारको बैंकिङ्ग कारोबारमा आधारित कुल खर्च १८८ अर्ब ७५ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति १५९ अर्ब ९५ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु। ११८ अर्ब ५९ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरूले राजस्व र अन्य स्रोतबाट ४१ अर्ब ३६ करोड परिचालन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *