Shangrila

एनआईबीएल सहभागिता फन्डको इकाइ विद्युतीय प्रणाली मार्फत विक्री गर्न सकिने

काठमाडौं, २० मंसिर । एनआईबीएल सहभागिता फन्डको इकाइ विद्युतीय प्रणालीमार्फत विक्री गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त खुलामुखी योजना कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ता माझ सहजै उपलब्ध गराउन उक्त सुविधा दिइएको बताइएको छ ।

एनआईबीएल एस क्यापिटलले यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाइन सुविधाको व्यवस्था गर्दै आएको छ । यस अन्तर्गत योजनाका इकाईधनीले आज (आइतवार)बाट सोही विद्युतीय प्रणाली मार्फत इकाइको विक्री गर्न सक्ने समेत जानकारी दिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *