Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

३२.२२ अंकले बढ्यो शेयरबजार, ४ अर्ब ५४ करोडको बारोबार

३२.२२ अंकले बढ्यो शेयरबजार, ४ अर्ब ५४ करोडको बारोबार

काठमाडौं, २० मंसिर । साताको दोस्रो कारोबार दिन शेयर बजार ३२.२२ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.२८ प्रतिशतले बढेर २५४६.०८ अंकमा बन्द भएको छ ।

सोमवार २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सर्वाधिक नाफा कमाउनेमा मेरो माक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी सर्वाधिक नाफा घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने नबिल बैंक रहेको छ, जसको १७ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x