Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

वेस्टर्न् युनियनका युनियनको क्यास ब्याकमा मस्तिकाले जितिन् ५ लाख

वेस्टर्न् युनियनका युनियनको क्यास ब्याकमा मस्तिकाले जितिन् ५ लाख

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेष्टन युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बिक विजेता घोषित भएकी हुन् ।

उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार पनि जितिसकेका छन् ।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

क्यासउत्सव योजनामा ४१ जना भाग्यशाली विजेता बन्न सफल भएको वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x