Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एक वर्षमा ३० प्रतिशतले बढ्यो कम्पनी दर्ता

एक वर्षमा ३० प्रतिशतले बढ्यो कम्पनी दर्ता

काठमाडौं, २२ मंसिर । नेपालमा एक वर्ष अवधिमा कम्पनी दर्तामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनी दर्ता २९.८३ प्रतिशतले बढेको हो ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा सबै प्रयोजनका गरी कुल कम्पनी १८ हजार ५९५ वटा दर्ता भएकोमा गत आर्थिक वर्षमा २६ हजार ४९८ वटा दर्ता भएका छन् ।

गत आवमा सबैभन्दा बढी निजी कम्पनी (प्रालि) दर्ता भएका छन् । सो अवधिमा २५ हजार ८५९ वटा निजी कम्पनी दर्ता भएका हुन् । यस्तै पब्लिक कम्पनी ५५, मुनाफा वितरण नगर्ने कम्पनी ५४४ र विदेशी कम्पनीको शाखा÷सम्पर्क कार्यालय ४० वटा दर्ता भएका छन् । यस्तै ४ वटा कम्पनी खारेज भएको कार्यालयको तथ्यांक छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढेर १० हजार ३३७ वटा कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा ७ हजार ४९३ वटा दर्ता भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x