Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जग्गाको समस्या समाधान नहुँदा गल्छी–रसुवागढी सडक स्तरोन्नति सुस्त

जग्गाको समस्या समाधान नहुँदा गल्छी–रसुवागढी सडक स्तरोन्नति सुस्त

काठमाडौं, २२ मंसिर । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा जग्गाको समस्या समाधान हुन नसक्दा स्तरोन्नतिको काम सुस्त बनेको छ । सडक विस्तारको समय आधा सकिँदा केही खण्डमा अदालतको अन्तरिम आदेशले त कतै मुआब्जा टुंगो लाग्न नसक्दा जग्गा उपलब्ध हुन नसकेको हो ।

२०८० असारसम्ममा सो योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अदालतबाट निर्णय भएमा र मुआब्जा टुंगो लाग्न सके सडक स्तरोन्नतिको काम चाँडो अघि बढाउन सकिने योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । यहाँ रहेका घरटहराको क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नसकिने उनको भनाइ छ ।

सर्वोच्च अदालतले कहिले एउटा खण्ड त कहिले अर्का खण्डमा निर्माण रोक्न आदेश दिएको थियो ।

राष्ट्रिय रुपमा नै महत्वपूर्ण सडक भए पनि हरेक वर्ष मुआब्जाका लागि थोरै पैसा छुटाउदा जग्गा उपलब्ध हुन ढिलाइ भएको छ । स्थानीयवासीले मुआब्जाबापतको रकम नदिएर काम गर्न नदिने सूचना अधिकारी पाण्डेयले बताए । गत वर्षमा मुआब्जा रकम अभावले पनि केही ढिलाइ भएको थियो ।

अहिलेसम्म योजनाले जग्गाको समस्यामध्ये झण्डै आधाभन्दा बढीको समाधान गरिसकेको छ । गल्छी–मैलुङ, मैलुङ–स्याफ्रुबेँसी र स्याफ्रुबँेसी–रसुवागढी गरी तीन खण्डमा निर्माण भइरहेको छ । सबैभन्दा बढी समस्या पहिलो खण्डमा रहेको छ । गल्छी–मैलुङ खण्डमा ठूलो बस्ती रहेकाले पनि जग्गा प्राप्तिको समस्या बढी छ । दोस्रो खण्डमा जग्गा प्राप्तिको समस्या त्यति धेरै छैन । चिनियाँ पक्षले काम गर्ने खण्डमा टिमुरेमा मात्रै समस्या छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x