भायानेटले ल्याउँदै छ, सस्तोमा दु्रत गतिको इन्टरनेट
काठमाडौं, २२ मंसिर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिले सस्तो मुल्यमा दु्रत गतिको इन्टरनेट सेवा ल्याउन लागेको जनाएको छ ।
‘अल्ट्रा–फाइ प्लान’ योजना अन्तर्गत आफ्ना ग्राहकका लागि १७५को इन्टरनेट सेवा ल्याउन लागेको हो ।
कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गरेको हो । यो प्लान हालसम्मकै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले यो योजनाको मूल्यलगायतका विषय थप जानकारी भने दिएको छैन् । तर, सस्तो प्लानको रुपमा ग्राहकमाझ प्रस्तुत हुने हुँदा यसबाट ग्राहकले भरपुर फाइदा उठाउन सक्ने बताएको छ ।
यसका लागि कम्पनीले नोकिया र सि–डेटा जस्ता ग्लोबल ब्रान्डसँग मिलेर ‘अल्ट्रा–फाइ प्लान’ सँगै डुअल ब्यान्ड ओएनयु(अप्टिकल नेट्वर्क युनिट) समेत उपलब्ध गराउने जनाएको छ । जसमार्फत ग्राहकले इन्टरनेटको स्पीडमा नयाँ अनुभव प्राप्त गर्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार पछिल्लो समय व्यवसाय, खेल र विद्यालयजस्ता ग्राहकको बढ्दो आवश्यकता पुरा गर्न उद्देश्यका साथ नयाँ प्रविधिमार्फत उच्च गति र गुणस्तरको इन्टरनेट उपलब्ध गराउने तयारी भएको हो ।