लक्ष्मी बैंकको नयाँ शाखा
काठमाडौं, २२ मंसिर । लक्ष्मी बैंकले पूर्वका २ जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले पूर्वका झापाका ऊर्लाबारी र मोरङको इनरुवामा शाखा स्थापना गरी आफ्नो शाखा १४० पुर्याएको छ ।
यो सँगै लक्ष्मी बैंकले मध्यपश्चिमको जाजरकोटमा काउन्टर विस्तार गरेको जनाएको छ ।
यी सबै शाखा र कार्यालयले लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई खुद्रा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै साना, मझौला तथा ठूला व्यवसायीदेखी सर्वसाधारणलाई ऋण सेवा उपलब्ध गराउने दाबी गरेको छ ।
लक्ष्मी बैंकको ५० जील्लामा १४० शाखा हुनुका सााथै १७० वटा एटीएम, २ हजार ५०० रेमिट्यान्स एजेन्सी, ५ वटा अस्पतालमा सर्भिस काउन्टर, ९ विस्तार काउन्टर, ६३ वटा शाखा विहिन विस्तार काउन्टर रहेका छन् ।
लक्ष्मी बैकको अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ तरलता रहेको थियो । जसमध्ये १ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले जनाएको छ ।