Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम समेत घट्यो

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम समेत घट्यो

काठमाडौं, २२ मंसिर । शेयर बजार ओरालो लाग्ने क्रमले साताको चौथो कारोबार दिन पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० अंकमा आइपुगेको छ । अघिल्लो दिन नेप्से ४६ अंकले घटेको थियो ।

बुधवार २२६ कम्पनीको ६५ लाख ६० हजार ९४६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

मंगलवार कारोबारमा आएका सबै समूहको उपसूचक घटेर राताम्मे भएका छन् । सबैभन्दा धेरै घट्नेमा व्यापार समूहको उपसूचक ३.७३ प्रतिशतले ओर्लिएको छ ।

घटेको बजारमा यस दिन सर्वाधिक नाफा कमाउने कम्पनी स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस कम्पनी शेयरमूल्य १.९४ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउने कम्पनी भने सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । सो कम्पनीको शेयरमूल्य ८.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको ११ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै सर्वाधिक कित्ता कारोबार हुनेमा प्रभु सेलेक्ट फन्डको ५ लाख ६४ हजारभन्दा बढी इकाइ किनबेच भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x