प्राइम लाइफको चौधौंं साधारणसभा सम्पन्न, १५.८७ प्रतिशत बोनस दिने
काठमाडौं, २२ मंसिर । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको १४औं साधारणसभा सम्पन्न भएको छ । गत आइतवार सम्पन्न भएको उक्त साधारणसभामा भौतिक तथा भच्र्युअल माध्यमबाट शेयरधनीहरूको सहभागिता रहेको थियो ।
साधारणसभाबाट अघिल्लो आर्थिक वर्ष २०७६–७७ वित्तीय विवरणहरू पारित गरिएको छ । उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चूक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँको १५ प्रतिशतका दरले शेयरधनीलाई बोनस शेयर र सो प्रयोजनका लागि ०.८७ प्रतिशतले हुने रकम दिने प्रस्ताव पारित गरेको छ ।