Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

काठमाडौं, २४ मंसिर । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटड८का ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपि राज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x