Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

काठमाडौं, २६ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ।

यसै क्रममा बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिकास्थित पडौलमा गत मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरुसमेत उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

कोरोना महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकका वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ।

यसका साथै कोभिडको त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि–म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थ समेत मिलाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x