Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

ब्राण्ड एम्बेसडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता

ब्राण्ड एम्बेसडर पल शाहको उपस्थितिमा एनएमबि बैंकको वित्तीय साक्षरता

काठमाडौं, २७ मंसिर । एनएमबी बैंकको ब्राण्ड एम्बेसेडर रहेका अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको थियोे। सोही कार्यक्रममा लागि शाह विराटनगरमा उपस्थित भएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए।

शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो। जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसरी नै एनएमबी बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बताइएको छ ।

एनएमबी बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबिलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ । यसभन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ ।

प्रदेश नं १ मा ३० र विराटनगरमा मात्रै ३ वटा शाखा भएको एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x