Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

बीमा समितिको नयाँ भवन शिलान्यास, बीमाको विस्तारका लागि ऐन, नियम संशोधनको खाँचो : अर्थमन्त्री शर्मा

बीमा समितिको नयाँ भवन शिलान्यास, बीमाको विस्तारका लागि ऐन, नियम संशोधनको खाँचो : अर्थमन्त्री शर्मा

काठमाडौं, २७ मंसिर । बीमा समितिको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमवार समितिको नयाँ भवनको अर्थमन्त्री जनार्दन शर्माले शिलान्यास गरेका हुन् ।

भवन शिलानस कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बीमाको पहुँच र दायरा विस्तारका लागि बीमा सम्बन्धी विद्यमान ऐन नियम संशोधनको खाँचा रहेको औंल्याएका छन् । वर्षौं पुराना ऐन, नियममा रहेर समयसापेक्ष काम गर्दा अपेक्षित रूपमा प्रभावकारी नभएको पाइएको भन्दै अर्थमन्त्री शर्माले आवश्यकताका आधारमा संशोधन हुनुपर्नेमा जोड दिए । भौतिक संरचनाले मात्रै बीमाको पहुँच विस्तार नहुने भएकाले जनशक्तिको कार्यगत क्षमता र व्यवस्थापकीय सुधार हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

नेपालमा पूर्वाधार, वातावरण, व्यवसाय, कृषि, उत्पादन लगायतको क्षेत्रमा विभिन्न जोखिम रहेको भन्दै यसको व्यवस्थापनका बीमाको दायरामा ल्याइनुपर्ने अर्थमन्त्री शर्माले बताएका छन् । मुलुकको ग्रामीण क्षेत्र, दूरदराजसम्म गरीबी रहेको र यस क्षेत्रमा अझै धेरै जोखिम रहेकाले बीमाको पहुँच पुग्नुपर्नेमा उनले जोड दिए ।

कोरोना बीमाको भुक्तानी सहज रूपमा हुन नसकेको सन्दर्भमा अर्थमन्त्री शर्माले यस्तो बीमा आवश्यक अध्ययन नै लागू गरिएकोतर्फ संकेत गर्दै बीमा भइसकेकाको भुक्तानी हुनुपर्ने बताए । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ ।

बीमा व्यापार व्यवसाय मात्र नभएर सेवा पनि भएको मर्म बुझेर यसको पहुँच र दायरा बढाउन बीमा कम्पनीहरू लाग्नुपर्नेमा समेत अर्थमन्त्री शर्माले सुझाएका छन् । यसैगरी शेयर बजारमा साना लगानीकर्ताको लगानी संरक्षणका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्न लागेको उनले बताएका छन् । ‘शेयर लगानीकर्ताको लगानी रक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको छ,’ उनले भने । यस क्षेत्रमा देखिएका समस्या समाधानका मन्त्रालयले संस्थागत सुशासन र सुदृढीकरणमा जोड दिँदै आवश्यक ऐन, नियम ल्याउन मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा समितिका अध्यष सूर्यप्रसाद सिलवालले बीमाको पहुँच र दायरा विस्तारमा सरकारले दिएको लक्ष्य पूरा गर्न समिति प्रतिबद्ध रहेको बताए । यसका लागि आवश्यक कार्यतालिका, कार्यक्रम र रणनीति बनाएर समिति अघि बढ्ने उनको भनाइ छ ।
सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले समितिको नयाँ भवन बन्नु सुखद रहेको बताए । यस्त पछिल्लो समय बीमाको पहुँच बढ्दै गएको छ, तर यो बाध्यात्मक रूपमा भइरहेको भन्दै उनले स्वतःफूर्त रूपमा बीमा हुने वातावरण सृजना हुनुपर्नेमा जोड दिए । सरकारले दिएको लक्ष्य अनुसा बीमाका पहुँच पु¥याउन लघुबीमाको कार्यक्रम बढाउन समेत समितिलाई उनले आग्रह गरे ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बन्ने भवनको लागत ४७ करोड ३७ लाख रुपैयाँ रहने जानकारी दिए । १० रोपनी क्षेत्रफलमा बन्ने उक्त भवन १० हजार वर्गफिटको हुने उनले बताए ।
यस्तै चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा बीमाको पहुँचमा २७.७९ प्रतिशत जनता पुगेको जानकारी उनले दिए । गत आर्थिक वर्षको सोही अवधिमा यो २२.१७ प्रतिशत रहेको थियो । एक वर्षमै ५ प्रतिशतले बीमाको पहुँच बढ्नु सुखद रहेको तर अझै धेरै गर्न बाँकी रहेको उनले बताए । बीमको पहुँच वृद्धिमा सरकारले लिएको लक्ष्य पूरा गर्नेगरी समितिले काम गरिरहेको उनको भनाइ छ । यसका लागि प्रदेश र स्थानीय स्तरसम्म नितरन्तर अन्तरक्रिया भइरहेको र नीतिगत रूपमै विपन्न वर्गसम्म बीमाको पहुँच पु¥याउन आग्रह गरिएको जानकारी उनले दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x