Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

जेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा, बोर्ड अध्यक्षमा श्रेष्ठ

जेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा, बोर्ड अध्यक्षमा श्रेष्ठ

काठमाडौं, २७ मंसिर । जेसीआई काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। गत मंसिर २४ गते सम्पन्न कार्यक्रममा २०२१ का अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठ कार्यक्रमको सभापति, प्रमुख अतिथि अधिवक्ता सृजना माली प्रधान, अतिथि जेसीआई काठमाडौं लेडीका १९९९ का अध्यक्ष साथै सन् २००० का जेसीआई भीपी सेन कृति तुलाधर थिए।

कार्यक्रमको सुरुवात वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारी स्वागतमन्तव्यबाट आरम्भ गरेका थिए। वर्षभरिको कार्यक्रमको प्रतिवेदन २०२१ का महासचिव जेसी सोनी श्रेष्ठले पढेर सुनाएका थिए। यस्तै कार्यक्रममा अतिथि वक्ताले महिलाको हकहित र अधिकारसम्बन्धी महत्वपूर्ण भनाइ राखेका थिए।

जेसीआई वर्ष २०२१ का अध्यक्षले आफ्नो छोटो मिठो भनाइ साथै वर्षभरिको कार्यक्रमको विवरण सुनाएका थिए। कार्यक्रममा थेम डाइरेक्टर जेसी शिल्भी नकर्मीले धन्यवाद मन्तव्य राखेका थिए। काठमाडौं लेडीको ४३औँ वार्षिक साधारणसभा २०२१ का सभापतित्व जेसी रिन्कु बजाचार्य श्रेष्ठ, निर्वाचन आयुक्त कमिटीमा वर्ष २०१६ का अध्यक्ष सुनिता श्रेष्ठ साथै सहयोगीमा वर्ष २०१७ की अध्यक्ष सजना नकर्मीबाट सर्वसम्मत २०२२ का लागि नयाँ बोर्ड चुनिएको थियो।

नवगाठित बोर्डमा अध्यक्ष सोनी श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष सबिना श्रेष्ठ, मिलि श्रेष्ठ र शर्मिला नकर्मी रहेका छन्। त्यस्तै महासचिवमा कमला गुरुङ प्रधान चयन भएकी छिन्। त्यस्तै कोषाध्यक्षमा शिल्भी नकर्मी, उपाध्यक्षमा स्वेच्छा रन्जित, शाइना तामाराकार, सबिना महर्जन श्रेष्ठ, दिल शाही, माला थाहा मगर, शान्ता भट्टराई चयन भएका हुन्।

अधिवेशन मंसिर २४ गते काठमाडौंमा सम्पन्न भएको थियो। कार्यक्रम ठमेलको लुना रेस्टुरेन्टमा सञ्चालन भएको थियो।

सन् १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी सामाजिक संस्था हो। संस्थाले सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकास गर्न मुख्य भूमिका खेल्दै आएको छ।

सोही उद्देश्यअनुरुप स्थापनाकालदेखि नै जेसीआई काठमाडौंले सामाजिक, आर्थिक तथा समयअनुकूल विभिन्न क्रियाकलाप गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x