Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

एनएमबिको भीकेवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा रू. २ हजार ५०० सम्मको फाइदा

एनएमबिको भीकेवाईसी मार्फत खाता खोलेर पहिलो कारोबार गर्दा रू. २ हजार ५०० सम्मको फाइदा

काठमाडौं, २७ मंसिर । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोवार जस्तै दैनिक उपभोग्य बस्तु खरिद, बिद्यायलको शुल्क, टप अप लगायतमा रु. २,५०० वा १० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ ।

एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ ।
एनएमबि बैंकले नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x