Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

शेयर बजारमा बियरिस ट्रेन्डको संकेत, ४ महिनामा उच्चतम विन्दुबाट ९१७ अंकले घट्यो परिसूचक

शेयर बजारमा बियरिस ट्रेन्डको संकेत, ४ महिनामा उच्चतम विन्दुबाट ९१७ अंकले घट्यो परिसूचक

काठमाडौं, २७ मंसिर । गत साताको मंगलवारदेखि निरन्तर घट्न थालेको शेयर बजारको ओरालो यात्रा यस साताको दोस्रो कारोबार दिन पनि जारी रह्यो । ठूलो अंकले शेयर बजार घट्दै जानुलाई करेक्सन नभई बियरिस ट्रेन्डको संकेतको रूपमा लिन थालिएको छ ।

४ महिना अवधिमै नेप्से परिसूचक ९ सय १७ अंकले घटिसकेको छ । हाल बैंकिङ प्रणालीमा तरलता संकट समेत गहिरिएकाले बजार तत्काल सुधार हुन नसक्ने विश्लेषकहरू बताउँछन् । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ विन्दुमा पुगेर बन्द भएको थियो ।

सोमवार नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ अंकमा आएर बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १२.४७ अंकले तल ओर्लिको छ । साथै कारोबारमा आएका सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

यस दिन २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन सर्वाधिक शेयरमूल्य वित्त कम्पनीहरूको ६.५१ प्रतिशतले घटेको छ । दोस्रोमा निर्जीवन बीमा कम्पनीहरूको ५.२८ प्रतिशतले मूल्य घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x