Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

मुलुकको शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब घाटामा

मुलुकको शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब घाटामा

काठमाडौं, १ पुस । नेपालको चालू आर्थिक वर्षको पहिलो चार महिनाको भुक्तानी सन्तुलन रु. एक खर्ब ५० अर्ब ३८ करोड घाटा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु. एक खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालू आवमा घाटामा पुगेको छ ।

मुलुकमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । त्यस्तै सार्वजनिक विवरणानुसार देशको चालू खाता आवको पहिलो चार महिनामा रु. दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको देखिन्छ । गत आवको समीक्षा अवधिमा चालू खाता १९ अर्ब एक करोडले बचतमा थियो ।

तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आवको सुरुआतमा रु. १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति चार महिनाको अवधिमा ११ प्रतिशतले घटेर रु १२ खर्ब ४४ अर्ब ८५ करोड रहेको तथ्याङ्कमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *