Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुलुकको वस्तु व्यापार घाटा ५ खर्ब ६८ अर्ब

मुलुकको वस्तु व्यापार घाटा ५ खर्ब ६८ अर्ब

काठमाडौं, १ पुस । चालू आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वस्तु व्यापार घाटा ५६ दशमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

सो अवधिमा वस्तु निर्यात रु १०४ दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ र आयात ६१ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका समानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपूर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत बढेका छन् ।

देशको व्यापार घाटा बढिरहँदा बाहिरबाट आउने विप्रेषण आप्रवाह (रेमिट्यान्स)समेत घटेको देखिन्छ । चालू आवको पहिलो चार महिनामा सात दशमलव पाँच प्रतिशतले रेमिट्यान्स घटेर कुल तीन खर्ब १२ अर्ब ४२ करोड भित्रिएको छ । त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार आवको पहिलो चार महिनामा सङ्घीय सरकारको खर्च दुई खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु तीन खर्ब ३४ अर्ब ३१ करोड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x