Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पुस मसान्तसम्म ३० प्रतिशत बजेट खर्च गर्ने अर्थमन्त्रीको निर्देशन

पुस मसान्तसम्म ३० प्रतिशत बजेट खर्च गर्ने अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २ पुस, । विकास खर्च निरासाजनक भएको भन्दै खर्च गर्न अर्थमन्त्री जनार्दन शर्माले सबै मन्त्रालयलाई ताकेता दिएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा सम्बन्धित मन्त्रीहरुलाई बोलाएर उनले विकास खर्च बढाउनका लागि यो महिनासम्म कम्तिमाा ३० प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेट रकम खर्च गर्न ताकेता गरेका हुन् ।

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै उनले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्नुपर्ने दाबी गरे ।

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने उनको भनाइ छ ।

‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन,’ अर्थमन्त्री शर्माले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’

महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र हुन सकेको छ । चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x