Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्यटन बोर्ड सीईओ रेग्मी निलम्बनमा

पर्यटन बोर्ड सीईओ रेग्मी निलम्बनमा

काठमाडौं, ३ पुस । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।

पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गर्ने निर्णय पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गरेका हुन् ।

सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको भन्दै रेग्मीलाई लिखित स्पष्टीकरण सोधिएको थियो ।

शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीमाथि लागेको आरोपबारे छानबिन गर्न एक समिति पनि गठन गरेको छ, बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयका सचिव रहने प्रावधान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x