Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटन व्यवसायीको विरोध पछि सरकारले फेर्यो निर्णय

पर्यटन व्यवसायीको विरोध पछि  सरकारले  फेर्यो निर्णय

काठमाडौँ, ३ पुस । शनिबारदेखि विभिन्न ६७ देशबाट आएकाहरु ७ दिन क्वारेन्टिनमा बस्न नपर्ने भएको छ ।

पर्यटन व्यवसायीलगायत संस्थाले विरोध गरेपछि नेपाल सरकारले आफ्नो निर्णय सच्याएको जनाएको हो । शनिबारदेखि लागु हुने गरी अब कोही पनि क्वारेन्टिनमा बस्न नपर्ने भएको हो ।

अर्को सूचना जारी नहुँदासम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमन विभागद्धारा जारी सूचनामा उल्लेख छ । क्वारेन्टिनमा बस्न नपर्ने भएपनि कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरू भने यथावत रहेको विभागको सूचनामा जनाइएको छ ।

विभागले जर्मनी, बेल्जियमसहित युरोपेली मुलुक र खाडी मुलुकबाट नेपाल प्रवेश गरेकाहरूले अनिवार्य ७ दिन क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको थियो । ती मुलुकमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x