Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको संरचना परीक्षण शुरू

माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको संरचना परीक्षण शुरू

सिन्धुपाल्चोक, ४ पुस । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको संरचना परीक्षण शुरू गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरू गर्नुअघि संरचनामा कुनै समस्या भए÷नभएको यकिन गर्न परीक्षण थालिएको हो ।

अहिले आयोजनामा जडान भएका उपकरणको परीक्षण भइरहेको र सुरुङ लगायत संरचनामा पानी भरेर हेर्न लागिएको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजूले बताए । पानी भरेर संरचनाको अवस्था ठीक भए÷नभएको निश्चित गर्न करीब २ साता लाग्ने जानकारी उनले दिए । सबै चरणको परीक्षण पूरा गरेर विद्युत् उत्पादन शुरू गर्न बढीमा १ महीना लाग्ने उनले बताए ।

आयोजनाको सबै संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजनाको विद्युत् दशैंअघि नै राष्ट्रि प्रसारण लाइनमा जोड्ने योजना अनुसार काम भइहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन मिति पछि धकेलिएको हो ।

यसअघि आयोजनाबाट २०७८ जेठदेखि नै विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य थियो । यही समयमा कोरोना महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण निर्माण सामग्री तथा उपकरण ढुवानीमा भएको समस्या भएको थियो । साथै केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा उत्पादन तालिका असोजमा सारिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x