Shangrila

प्राइम बैंकको साधारणसभा

काठमाडौं, ७ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *