Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योग निर्माण र पर्यटनको विकासमा श्रीलंका इच्छुक

उद्योग निर्माण र पर्यटनको विकासमा श्रीलंका इच्छुक

मोरङ ९ पुस । श्रीलंकाले उद्योग, निर्माण व्यवसाय र पर्यटन विकासमा लाग्ने जनाएको छ । श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले श्रीलंका र नेपाल बिच उत्पादनमुलक उद्योग, निर्माण, पर्यटन लगायतका क्षेत्रमा सहजीकरण गर्न इच्छुक रहेको जनाएकी हुन् ।

उद्योग संगठन मोरङका पदाधिकारीसँग भएको भेटमा उनले धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिच राजदुताबासले निरन्तर सहजिकरण गर्न तत्पर रहेको दाबी गरिन् ।

व्यवसायीक अवसरको खोजीमा रहेको संगठनको प्रतिनिधिमण्डललाई श्रीलंकाको भ्रमणका लागी आमन्त्रण गर्नुका साथै उक्त भ्रमणमा श्रीलंका स्थित सरकारी तथा व्यवसायीक संघ संस्था तथा सम्बन्धीत औद्योगिक पक्षहरुसंग संस्थागत व्यवसायीक भेटघाट तथा बिटुबि मिटिङहरुको सहजिकरण गरिदिने नेपालका लागि श्रीलंकाका राजदुत जानकारी दिइन् ।

श्रीलंका र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा छलफल भएको उद्योग संगठन मोरङले जनाएको छ ।

भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपाल बिच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहदै आएकोले धार्मिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुसमेत भएको समानतालाई आर्थिक एवं व्यवसायीक महत्व र अवसरमा रुपान्तरणको सम्भावनाका बारेमा संगठनले चासो राखेको उल्लेख गरे ।

उनले औद्योगिक क्षेत्रमा बिशेष गरि चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपाल बिच सिधाई हवाई उडान समेत प्रारम्भ भईसकेको परिप्रेक्ष्यमा पर्यटनको क्षेत्रमा श्रीलंका र नेपाल बिच व्यवसायीक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्नुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x