एनबी बैंकको वरिष्ठ नायब सीईओमा पाण्डे
काठमाडौं, १२ पुस । नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी)को वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पाण्डे यसअघि नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)का डेपुटी सीईओ थिए । साथै राष्ट्रिय वाणिज्य बैंकमा समेत डेपुटी सीईओको रूपमा काम गरिसकेका पाण्डे २ दशकदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् ।