Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

६९.७७ अंकले घट्यो शेयरबजार, ५ अर्ब ६० करोडको कारोबार

६९.७७ अंकले घट्यो शेयरबजार, ५ अर्ब ६० करोडको कारोबार

काठमाडौं, १२ पुस । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार ६९.७७ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २.६९ प्रतिशतले घटेर २५२१.६५ अंकमा बन्द भएको हो ।

यस दिन २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

घटेको बजारमा गोर्खा फाइनान्स कम्पनी र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा नयाँ जोशी हाइड्रोपावर कम्पनीको ८.५४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा छ । यस कम्पनीको ३० करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x