Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयरबजारमा झीनो अंकको वृद्धि, ३ अर्ब ६२ करोडको कारोबार

शेयरबजारमा झीनो अंकको वृद्धि, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौं, १४ पुस । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार ५.५१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेर २५२४.५० अंकमा बन्द भएको हो ।

यस दिन २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधवार मध्यभोटेकोशी जलविद्युत् पावर कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा नारायणी डेभलपमेन्ट विकास बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य ३.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । यस कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x