Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योगहरूको क्षमता उपयोग तथा आय वृद्धिदर बढ्यो

उद्योगहरूको क्षमता उपयोग तथा आय वृद्धिदर बढ्यो

काठमाडौं, १७ पुस । कोरोनाको असर तुलनात्मक रूपमा कम हुन थालेसँगै नेपाली उद्योगहरूको क्षमता उपयोग तथा आय वृद्धदर बढेको पाइएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनका अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको उल्लेख छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा यो ६४ दशमलव ८ प्रतिशत थियो । प्रतिवेदनका अनुसार उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योगहरूको आय वृद्धिदर ४१ दशमलव १५ रहेको छ ।

यद्यपि अहिले पनि ६१ दशमलव ८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको परिसंघले बताएको छ । अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८ दशमलव ७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७ दशमलव ७, उत्पादनमूलक उद्योगले ८ दशमलव ७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८ दशमलव २ प्रतिशत ब्याज तिरेका छन् । यो गत आर्थिक वर्षको अन्तिम त्रैमासको भन्दा धेरै हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x