Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई हिमालय दृश्य होटेल धुलिखेलमा विशेष छुट

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई हिमालय दृश्य होटेल धुलिखेलमा विशेष छुट

काठमाडौं, १७ पुस । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक बैंकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको हो । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x