वैदेशिक रोजगारीका लागि १ महिनामै करिब ७५ हजार
काठमाडौं, १७ पुस । वैदेशिक रोजगारीका लागि नेपालबाट एक महिनामा करिब ७५ हजार युवा विदेशका विभिन्न देश गएका छन् ।
कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारी पूरानै शैलिमा फर्किन थालेकोले गत मंसिर महिनामा ७४ हजार ३ सय ५४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
गत कात्तिक र मंसिर महिना गरेर पछिल्लो दुई महिनामा नेपालबाट १ लाख १९ हजार युवा रोजगारीका लागि गएको विभागको तत्थ्यांक छ ।
विगत १८ महिनादेखि रोकिएको बैदेशिक रोजगारीको माग एकै पटक आउँदा विदेश जाने युवाको संख्या बढेको विभागले उल्लेख गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ७४ हजार ३ सय ५४ नेपालबाट विदेशिएका मध्यै मंसिरमा मात्रै म्यानपावारमार्फत ३१ हजार ३१ जना युवा विदेश पुगेका हुन् ।
म्याानपावरमार्फत साउदी अरबिया जाने युवाको संख्या १६ हजार २ सय ३८ पुगेको छ । यस्तै संयुक्त अरब इमिरेट्स युएई ५ हजार ५ सय ८१, कुबेत ६ सय २१, बहराइन ९ सय २६, कतार ६ हजार ६ सय ७९ र ओमन ३ सय ४१ जना युवा बैदेशिक रोजगारीका लागि
कात्तिक महिनामा नयाँ कामको खोजीमा म्यानपावरमार्फत २७ हजार ७ सय ९ जना युवा वैदेशिक रोजगारीका लागि गएका थिए ।
तर व्यवसायीले अहिले सरकारले सेवा शुल्कवापत १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेका पनि साउदी र कतार जाने युवासँग १ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम लिने गरेका छन् ।