Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंक तथा वित्तीय संस्थामा ३ करोड ९४ लाख नाघ्यो निक्षेप खाता

बैंक तथा वित्तीय संस्थामा ३ करोड ९४ लाख नाघ्यो निक्षेप खाता

काठमाडौं, १८ पुस । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या ३ करोड ९४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा गरी कुल निक्षेप खाता संख्या ३ करोड ९४ लाख १३ हजार ५५५ पुगेको हो ।

सो अवधिमा सबैभन्दा धेरै निक्षेप खाता वाणिज्य बैंकमा ३ करोड ४२ लाख ६७ हजार ४६२, विकास बैंकमा ४६ लाख २ हजार ३३ र वित्त कम्पनीमा ५ लाख ४४ हजार ५८ रहेका छन् ।

यसैगरी समीक्षा अवधिमा कर्जा खाता संख्या भने १ करोड ७६ लाख ४ हजार ४५८ पुगेको छ, जसमध्ये वाणिज्य बैंकमा सबैभन्दा धेरै १ करोड ४१ लाख ६ हजार २५७, विकास बैंकमा ३ लाख ११ हजार ८९ र वित्त कम्पनीमा ३७ हजार ११२ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x