Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विकास लक्षित पूँजीगत खर्च ८.२९ प्रतिशत

विकास लक्षित पूँजीगत खर्च ८.२९ प्रतिशत

काठमाडौं, १८ पुस । सरकारको विकास लक्षित पूँजीगत खर्च निराशाजनक रहेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साढे ५ महिना अवधिमा पूजीगत खर्च ८.२९ प्रतिशत मात्र रहेको छ ।

चालू आर्थिक वर्षमा पूँजीगततर्फ ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये पुस मध्यसम्ममा ३६ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको हो । यसैगरी सो अवधिमा चालू खर्चतर्फ भने ३५.५१ प्रतिशत प्रगति भएको छ । यस वर्ष चालूतर्फको बजेट १० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ रहेकोमा हालसम्म ३ खर्ब ५६ अर्ब ४० करोड रुपैयाँ खर्च भएको हो ।

सोही अवधिमा सरकारको राजस्व आम्दानीतर्फ भने ३७.७४ प्रतिशत प्रगति भएको छ । चालू आर्थिक वर्षमा कुल राजस्वको लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेकोमा सो अवधिमा ४ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x