सुन तोलामा ७ सय रुपैयाँ बढ्यो

काठमाडौं, १८ पुस । सातोको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
गत साता कारोबार हुने अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।
आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच भएको महासंघले उल्लेख गरेको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।