एभरेष्ट बैंकको बासँगढी शाखा संचालनमा

काठमाडौं, ६ बैशाख । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।

बाँसगढी शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *