Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

क्रस होल्डिङ भएका वित्तीय संस्था गाभिनुपर्ने

क्रस होल्डिङ भएका वित्तीय संस्था गाभिनुपर्ने

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार एक निर्देशन जारी गर्दै मर्जरमा जाने लघुवित्त वित्तीय संस्थाले आगामी ९२०७९० को असार मसान्तभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको छ ।

लघुवित्त वित्तीय संस्थाको संख्या घटाउनका लागि राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाहरूको दश प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका संस्थाहरूलाई एकआपसमा मर्जर वा एक्विजिसन गराउन निर्देशन दिएको हो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले संस्थापक शेयरधनी भएर स्थापना गरेका लघुवित्त वित्तीय संस्थाहरूको हकमा यस्तो व्यवस्था आकर्षित हुनेछ ।

बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको दश प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरूबीच एकआपसमा÷वा इजाजतपत्र प्राप्त एकभन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले एकआपसमा गाभ्न वा गाभिन, प्राप्तिमा जान २०७९ को असार मसान्तभित्र कार्ययोेजना पेस गर्नुपर्नेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x