Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न व्यवसायीको आग्रह

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न व्यवसायीको आग्रह

काठमाडौं, २० पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेस गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या समाधानगर्न आग्रह गरेको हो ।

भेटका क्रममा व्यवसायीका तर्फवाट तीन वटा माग अगाडि सारिएको थियो। त्यसमध्ये पहिलोमा जर्तिको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने रहेको छ । हाल जर्ति सम्बन्धि ठोस व्यवस्था नहुँदा फरक फरक दर कायम हुँदै आएको छ ।

यस्तै व्यवसायीले सुनचाँदी जस्तो वहुमूल्य धातुको कारोबारमा नगद करोबारको सीमा ५० हजारबाट बढाएर १० लाख पु¥याउनुपर्ने माग गरेको छन् । व्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखा परीक्षण सम्बन्धि व्यवस्थमा एकरुपमा हुनुपर्ने रहेको छ ।

व्यवसायीसँगको भेटका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिए ।
उनले व्यवसायीका समस्या साधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको जानकारी दिदै अब पनि के गर्न सकिन्छ त्यो अध्ययनगरी हामी आवश्यक निर्णय लिने प्रतिवद्धता जनाए ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानूनी व्यवस्थाको अभावमा बजारमा ब्यवसायीबीच दुविधा उत्पन्न नहोस र जर्ति जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए ।

यसबाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x