Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २० पुस । नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको २८औँ वार्षिक साधारण सभा मंगलबार काठमााडौंमा सम्पन्न भएको छ ।
उक्त सभाले बैंकको आ.व. २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश शेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा श्री अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७÷७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७८÷७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफानियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने,गाभिने (मर्जर) वा प्राप्ती गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने (मर्जर) वा प्राप्ती गर्ने, गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x