Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

४३ लाख ४८ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

४३ लाख ४८ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं, २१ पुस । स्थायी लेखा नम्बर लिने करदाता संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा स्थायी लेखा नम्बर लिने करदाता संख्या करिब साढे ४३ लाख पुगेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४३ लाख ४८ हजार ९ सय ३७ पुगेको हो । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता २६ लाख ५२ हजार ३ सय ७७ (६१ प्रतिशत), व्यावसायिक स्थायी लेखा नम्बर लिने १६ लाख ८४ हजार ४ सय ९७ (३८.७ प्रतिशत) र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १२ हजार ६३ (०.३ प्रतिशत) पुगेको छ ।

यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ३ हजार ९ सय २६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या २ लाख २३ हजार ४ सय २ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *