Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनता बैंकको सुपर एजेन्टमा जीएम रेमिट नियूक्त

जनता बैंकको सुपर एजेन्टमा जीएम रेमिट नियूक्त

काठमाडौं, ६ बैशाख । जनता बैंक नेपाल लिमिटेडले जनता रेमीटको सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरेका छन् ।

सम्झौता बमोजिम जनता रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट प्रालिले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बंैक नेपालले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंक नेपाल लि. ले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x