Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं, २२ पुस । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ ।

चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव ४ प्रतिशत राजस्व संकलन भएको छ । गतवर्षको तुलनामा यो १ खर्ब ३८ अर्बले बढी रहेको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा ४ खर्ब १७ अर्ब संकलन गरेको छ ।

यस्तै, गैरकर राजस्वबाट ३६ अर्ब ३५ करोड संकलन भएको छ भने अन्य शीर्षकमा ३३ अर्ब ५७ करोड प्राप्ति हुँदा अनुदान १३ अर्ब ८८ करोड संकलन भएको छ ।

सरकारले खर्चतर्फ भने ४ खर्ब ४९ अर्ब खर्च भएको छ । चालु शीर्षकमा सबैभन्दा ३ खर्ब ६५ अर्ब खर्च भएको छ । वित्तीय व्यवस्था तर्फ ५५ अर्ब ५७ करोड खर्च हुँदा विकास खर्चतर्फ भने सरकारले ३८ अर्ब १० करोड खर्च गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x