Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन तोलामा फेरि ३ सय बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो

सुन तोलामा फेरि ३ सय बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो

काठमाडौं, २७ पुस । तीन दिनको स्थिरतापछि सोमबार सुनको मूल्य जति घटेको थियो, मंगलबार फेरि त्यति नै बढेको छ । यो साताको शुरुका ३ दिन सुनप्रतितोला ३ सय रुपैयाँको घटबढ भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार ३ सयको बढोत्तरीपछि सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ थियो ।

गत शुक्रबार कायम ९१ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा स्थिर रहेर आइतबार कारोबार भएको थियो । सुनको मूल्यमा धेरै अंकको उतारचढाव भएको छैन ।

चाँदीको कारोबार मूल्यमा पनि धेरै उतारचढाव नभएको सुनचाँदी महांघले जनाएको छ । १० रुपैयाँ बढेर मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ भएको छ । सोमबार प्रतितोला १२ सय २० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य सुधार छ । सोमबार प्रतिऔंस १७९२.४८ डलरमा कारोबार भएको सुन मंगलबार १८०६.७२ डलर भएको छ । यसैगरी प्रतिऔंस २२.२७ डलरमा कारोबार भएको चाँदी मंगलबार २२.५५ डलर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x