Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमालयन बैंकको सुदुरपश्चिममा शाखा

हिमालयन बैंकको सुदुरपश्चिममा शाखा

काठमाडौं, २७ पुस । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिमको कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने दाबी गरेको छ ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने १४८ वटा एटिएम र ५,००० भन्दा बढी पीओएस टर्मिनल रहेका छन् । ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x