Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सिद्धार्थ बैंकको मुनाफा १ अर्ब २२ करोड

सिद्धार्थ बैंकको मुनाफा १ अर्ब २२ करोड

काठमाडौं, ७ वैशाख । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जनमा २८.०२ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवहमा उल्लेख्य सुधार गरेको छ । बैंकले समिक्षा अवधिमा ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दामीमा कमी आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २४.३० रुपैयाँ प्रति शेयर आम्दामी रहेको यस बैंकको समिक्षा अवधिमा प्रति शेयर आम्दामी २०.३९ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x