Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकले मुनाफा आर्जनमा वृद्धि, तेस्रो त्रैमासमा बैंकको मुनाफा आर्जन १ अर्ब ८० करोड

एभरेष्ट बैंकले मुनाफा आर्जनमा वृद्धि, तेस्रो त्रैमासमा बैंकको मुनाफा आर्जन १ अर्ब ८० करोड

काठमाडौं, ७ वैशाख । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा आर्जन १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.१९ प्रतिशतले बढि हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सार्वजनिक वित्तीय विवरणको आधारमा समिक्षा अवधिमा बैंकको संचालन मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले खुद व्याज आम्दामी २ अर्ब ६७ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ३५ करोड रुपैयाँ गरेको छ ।

यस्तै बैंकले समिक्षा अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन ९२ अर्ब ८१ करोड रुपैयाँ र कर्जा प्रवाह ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दामी २९.६६ रुपैयाँ रहेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x