सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्धारित समयभित्रै निर्माण सकिने दाबी
काठमाडौं, २८ पुस । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेतीनदी जलविद्युत् आयोजनाले आइपिओ निकाल्ने निणर्य गरेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो ।
साधारण सभावाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागि थप प्रक्रिया अगाडी बढाईने कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । साधारणसभामा प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सानो सानो पूँजी एकिकृत गरेर ठुला ठुला जलविद्युतको परियोजना चलाउनु उदाहरणीय भएको उल्लेख गरे ।
भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदीजल प्रवाहमा आधारित छ । २०७७ साउनदेखी निर्माण शुरू भएको आयोजना २७ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत् उत्पादन अध्यक्ष पोखरेलले बताए । पाँच अर्व रुपैया लगानी रहेको आयोजनामा तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् ।