Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजार बढ्दो लयमा

शेयर बजार बढ्दो लयमा

काठमाडौं, २९ पुस । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक र ५४.१२ अंकले बढेर २८५७.७५ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत धेरै हो ।

कारोबाार भएका कूल २२४ कम्पनीको ७७ हजार ६६८ कारोबारबाट ६ अर्ब ६६ करोड ९७ करोड ४८ लाख ५६८ रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

लगानीकर्ताको मनोबल उच्च हुन थालेपछि शेयर बजार लगातार बढ्न थालेको छ । केही सातायता शेयर बजार बढ्ने लयमा देखिएको छ ।

यो साता पनि आइतबारदेखि मंगलबारसम्म लगातार बढेको शेयर बजारमा बुधबार मात्रै केही कमी आएको थियो । तर साताको अन्तिम दिन बिहीबार पुन शेयर बजारमा ठूलो हरियाली देखिएको छ ।

बिहीबार हाइड्रोको सेयरमा लगनीकर्ता झुम्मिएका छन् ।

साताको पहिलो दिन आइतबार ७३.०५ अंकले बढेको शेयर बजार सोमबार १९.३४ अंकले बढेको थियो । मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको थियो ।

बुधबार भने ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा झरेको थियो । बुधबार १ करोड ६१ लाख कित्ता शेयर कारोबार हुँदा ८ अर्ब ३३ लाख रूपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x