यतीको ‘यति धेरै क्यासब्याक’

काठमाडौं २९, पुस । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने “यति धेरै क्यासब्याक” अफर ल्याएको छ ।

फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ ।

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ सँगको सहकार्यमा हाम्रा यात्रुहरुका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताएका छन् ।

उने भने, “यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं, यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *